दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुनेछ।
काठमाडौँ– मनसुनी वायुको प्रभावसँगै देशका विभिन्न स्थानमा भारी वर्षा भएको छ।
पर्वतको कार्किनेटा, पाल्पाको बल्ड्याङगढी, स्याङजाको पन्चमुल, सिन्धुपाल्चोकको मानेखर्क, बाँसखर्क र धाप, कपिलवस्तुको भगवानपुर र तौलिहवा, दाङको कोइलाबास र लालमटिया, बागलुङको गल्कोट, गुल्मीको मुसीकोट र भार्से तथा अर्घाखाँचीको आँपचौर क्षेत्रमा राति भारी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सो क्षेत्र भई बहने स-साना खोला तथा मझौला नदीहरूमा बहाव बढ्ने र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम हुनसक्ने भएकोले सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।
दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षा हुनेछ। गण्डकीका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
यसैगरी, राति पनि देशभर धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
