कोस्टारिकालाई हराउँदै कोलम्बिया कोपा अमेरिकाको क्वार्टफाइनलमा

अमेरिकाको स्टेट फार्म स्टेडियममा भएको खेलमा कोस्टारिकालाई ३–० ले पराजित गर्दै कोलम्बिया क्वार्टरफाइनलमा पुगेको छ। 

काठमाडौँ– कोस्टारिकालाई पराजित गर्दै कोलम्बिया कोपा अमेरिकाको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

शुक्रबार राति अमेरिकाको स्टेट फार्म स्टेडियममा भएको खेलमा कोस्टारिकालाई ३–० ले पराजित गर्दै अन्तिम आठमा पुगेको हो। 

कोलम्बियाको जितमा लुइस डियाज, डाभिन्सन सान्चेज र जोन कोर्डाेवाले गोल गरे। जितसँगै समूह ‘डी’मा कोलम्बियाको २ खेलबाट ६ अंक पुगेको छ। पराजित कोस्टारिकाको समान खेलबाट १ अंक छ।

अर्जेन्टिना, भेनेजुएला र उरुग्वेले यसअघि नै अन्तिम आठमा स्थान बनाइसकेका छन्।