शनिबार राति भएको फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले दोस्रो पटक टी२० विश्वकपको उपाधि जितेको हो।
काठमाडौँ– आईसीसी टी२० विश्वकप २०२४ को उपाधि भारतले जितेको छ।
शनिबार राति भएको फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै दोस्रो पटक टी२० विश्वकपको उपाधि जितेको हो। सन् २००७ को पहिलो संस्करण जितेयता भारतले उपाधि जित्न सकेको थिएन।
बार्बाडोसमा भारतले दिएको १७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६९ रनमा अलआउट भयो।
उसका लागि हेनरिक क्लासेनले अर्धशतक प्रहार गरे पनि जितका लागि पर्याप्त भएन। क्लासेनले २७ बलमा ५२ रन बनाए।
त्यस्तै, क्विन्टन डीककले ३९ रन र ट्रिस्टन स्टब्सले ३१ रनको योगदान दिए।
भारतका हार्दिक पाण्ड्याले ३ विकेट लिए। २ ओभर बलिङ गरेका उनले २० रन खर्चिए। त्यस्तै जसप्रित बुमराह र अर्शदीप सिंहले २–२ विकेट लिँदा अक्षर पटेलले १ विकेट झारे।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७६ रन बनाएको थियो।
भारतका लागि विराट कोहलीले सर्वाधिक ७६ रन बनाए। उनले ५९ बलमा ६ चौका र २ छक्का प्रहार गरे। त्यस्तै, अक्षर पटेलले ४७ र शिवम दुवेले २७ रन जोडे।
दक्षिण अफ्रिकाका लागि केशव महाराज र एन्रिच नोर्तेजले २–२ विकेट लिए। त्यस्तै कागिसो रवाडा र मार्को जेन्सेनले १–१ विकेट लिए।
यसैबीच भारतीय टिमका कप्तान रोहित शर्मा र पूर्वकप्तान विराट कोहलीले टी२० अन्तर्राष्ट्रियबाट संन्यास लिएका छन्।
टोलीलाई विश्वकपको उपाधि दिलाएपछि दुवैले संन्यासको घोषणा गरेका हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
