कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।
काठमाडौँ– देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसका कारण देशभर नै आंशिकदेखि साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ।
शनिबार राति सिन्धुपाल्चोकको नवलपुर, दुवाचौर वर्षामापन केन्द्र र आसपासमा भारी वर्षा मापन भएको छ। यस्तै, दैलेखको लोहरेखोला तल्लो ढुंगेश्वर, सुर्खेतको रातानांगा, गोठीकाडाँ वर्षामापन केन्द्रमा पनि भारी वर्षा मापन भएको छ।
यी स्थानमा थप वर्षाकोसमेत सम्भावना रहेकाले सो क्षेत्र भई बहने स-साना खोलाहरूको बहाव बढ्ने र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम तथा नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
महाशाखाका अनुसार दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना छ।
त्यसैगरी, राति कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा अधिक वर्षाको सम्भावना छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
