जर्मनी युरोकपको क्वार्टरफाइनलमा, इटली बाहिरियो

स्वीट्जरल्यान्डसँग २–० ले पराजित भएसँगै साबिक विजेता इटली प्रतियोगिताबाट बाहिरिएको छ।

काठमाडौँ– आयोजक राष्ट्र जर्मनी युरो २०२४ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। 

शनिबार राति भएको खेलमा डेनमार्कलाई २–० ले पराजित गर्दै जर्मनीले अन्तिम ८ मा स्थान पक्का गरेको हो। जर्मनीको जीतमा काइ हार्भाटेज र जमाल मुसियालाले एक एक गोल गरे । 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा जर्मनीले दुवै गोल दोस्रो हाफमा गरेको थियो।

उता, साबिक विजेता इटली भने अन्तिम १६ बाट नै बाहिरिएको छ। शनिबार राति स्वीट्जरल्यान्डसँग २–० ले पराजित भएसँगै इटली प्रतियोगिताबाट बाहिर भएको हो। स्वीट्जरल्यान्डको जितमा रेमो फ्रेउलर र रुबेन भारगासले गोल गरे।