पेरुलाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको क्वार्टरफाइनलमा

अर्जेन्टिनाका लागि दुवै गोल लौटारो मार्टिनेजले गरे। यो खेलमा कप्तान लिओनल मेस्सीलाई आराम दिइएको थियो। 

तस्वीर: एएफपी।

काठमाडौँ– अर्जेन्टिना कोपा अमेरिका फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। 

आइतबार बिहान समूह चरणको अन्तिम खेलमा पेरुलाई २-० गोलले पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएको हो। 

अर्जेन्टिनाका लागि दुवै गोल लौटारो मार्टिनेजले गरे। यो खेलमा कप्तान लिओनल मेस्सीलाई आराम दिइएको थियो। 

अर्जेन्टिना समूह चरणका तीनै खेल जितेर ९ अंक जोड्दै समूह ‘ए’को विजेता बनेको छ। उक्त समूहबाट क्यानडा उपविजेता बन्दै क्वार्टरफाइनलमा पुग्न सफल भएको छ। 

आइतबार बिहान नै भएको खेलमा चिलीसँग बराबरी खेल्दै क्यानडा अन्तिम ८ मा पुगेको हो। चिली र पेरु भने बाहिरिएका छन्।