भीमसहित पेरिस पारलम्पिकमा हालसम्म तीन खेलाडीको सहभागिता निश्चित भइसकेको छ। यसअघि तेक्वान्दोका पलेशा गोवर्धन र भरतसिंह महता छनोट भइसकेका छन्।
काठमाडौँ– पारा पौडी खेलाडी भीमबहादुर कुमालले फ्रान्समा हुने ‘पेरिस २०२४ पारलम्पिक’मा पौडीमा प्रतिस्पर्धा गर्ने भएका छन्।
विश्व पारा पौडीबाट ‘बिपरटाइट स्लोट्स’ प्राप्त भएसँगै भीमको पारलम्पिक सहभागिता निश्चित भएको राष्ट्रिय पारा पौडी संघ नेपालका अध्यक्ष सरोज श्रेष्ठले जानकारी दिए। भीमले पुरुष ५० मिटर ‘फ्रि स्टाइल’मा प्रतिस्पर्धा गर्ने छन्। यो स्पर्धामा उनकै नाममा ३५.०१ सेकेन्डको राष्ट्रिय कीर्तिमान छ।
गोरखाको नारेश्वर बेनीखोला निवासी ४१ वर्षीय भीमले आफ्नो खेल जीवनमा चार अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन्। उनले चीनको हाङझावमा भएको चौथो एशियाली पारा खेलकुद, इन्डोनेसियामा भएको तेश्रो एशियाली पारा खेलकुद तथा सन् २०१९ मा लन्डनमा भएको विश्व पारा पौडी प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका थिए।
पछिल्लोपटक उनले खेलेको प्रतियोगिता विश्व पारा पौडी सिरिज हो जुन पारलम्पिक छनोटको आधारसमेत रहेको थियो। सिंगापुरमा गत मे १७ देखि १९ तारिखसम्म भएको यही प्रतियोगितामा भीमले ५० मिटर ‘फ्रि स्टाइल’मा राष्ट्रिय कीर्तिमान बनाएका थिए।
भीमले पारलम्पिकका लागि कालोपुलस्थित ‘वेस्ट भेन्यु’मा तयारी प्रशिक्षण गरिरहेका छन्। उनलाई विजेनमान श्रेष्ठले प्रशिक्षण दिइरहेका छन्। भीमले पारलम्पिक जस्तो ठूलो प्रतियोगिताका लागि छनोट भएकोमा खुशी व्यक्त गर्दै मेहनतको फल प्राप्त भएको प्रतिक्रिया दिए।
“पारलम्पिक जस्तो ठूलो प्रतियोगितामा छनोट भएकोमा एकदमै खुशी लागेको छ। यसको लागि धेरै दुःख र मेहनत गरेको थिएँ। मेहनतको फल प्राप्त भएको अनुभूति भइरहेको छ,” भीमले भने। अध्यक्ष श्रेष्ठले भीमको सहभागिताका लागि संघले पनि धेरै पहल गरेको बताए।
भीमसहित पेरिस पारलम्पिकमा हालसम्म तीन खेलाडीको सहभागिता निश्चित भइसकेको छ। यसअघि तेक्वान्दोका पलेशा गोवर्धन र भरतसिंह महता छनोट भइसकेका छन्। पलेशाले भने छनोट चरण पार गर्दै पेरिस पारलम्पिकमा स्थान सुरक्षित गरेकी हुन्। भरतले ‘वाइल्ड कार्ड’ पाएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
