सेमिफाइनल प्रवेशका लागि इंग्ल्यान्डले स्विट्जरल्यान्डसँग र स्पेनले जर्मनीसँग खेल्नेछन्।
काठमाडौँ– इंग्ल्यान्ड युरोकप २०२४ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
आइतबार राति गेल्सेनकर्चेनमा भएको खेलमा स्लोभाकियालाई २-१ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो।
खेलमा अग्रता भने स्लोभाकियाले लिएको थियो। इभान स्क्रान्जले २५औँ मिनेटमा गोल गर्दै टोलीलाई शुरूआती गोल गरेका थिए।
इन्जुरी समयको पाँचौँ मिनेटमा इंग्ल्यान्डका जुडे बेलिंघमले बराबरी गोल फर्काए। अतिरिक्त समयमा ह्यारी केनले गोल गर्दै इंग्ल्यान्डलाई पुनरागमन जित दिलाए।
इंग्ल्यान्डले अब सेमिफाइनल प्रवेशका लागि स्विट्जरल्यान्डसँग खेल्नेछ।

उता, जर्जियालाई हराउँदै स्पेन पनि क्वार्टरफाइनलमा पुग्न सफल भएको छ। जर्मनीको कोल्नमा भएको खेलमा स्पेनले ४-१ को जित निकाल्दै अघिल्लो चरणमा स्थान बनाएको हो। स्पेनको जितमा रोड्री, फाबियन रुइज, निको विलियम्स र ड्यानी ओल्मोले १-१ गोल गरे।
जर्जियाले उपहार गोलबाट सुरुवाती अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन। स्पेनले क्वार्टरफाइनलमा जर्मनीको सामना गर्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
