भेनेजुएला कोपा अमेरिकाको क्वार्टरफाइनलमा

जमैकालाई हराउँदै भेनेजुएला क्वार्टरफाइनलमा पुगेको छ। समूह चरणका सबै खेलमा हार बेहोरेको जमैका भने बाहिरिएको छ।

काठमाडौँ– भेनेजुएला कोपा अमेरिकाको शतप्रतिशत जितसहित क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

समूह चरणको अन्तिम खेलमा सोमबार बिहान भेनेजुएलाले जमैकामाथि ३–० को सहज जित दर्ता गरेको हो। 

टेक्ससमा भएको खेलको पहिलो हाफ बराबरी भए पनि भेनेजुएलाले दोस्रो हाफमा ३ गोल गरेको थियो। भेनेजुएलाका एडवार्ड बेलो, जोस सालमोन र एरिक रेमिरेजले गोल गरे। 

समूह चरणका सबै खेलमा हार बेहोरेको जमैका भने प्रतियोगिताबाट बाहिरिएको छ। यही समूह ‘बी’मा रहेका इक्वेडर र मेक्सिोको बराबरी खेले।

बराबरीले इक्वेडरलाई अन्तिम ८ मा स्थान पक्का गराउँदा मेक्सिको पनि बाहिरिएको छ। दुवै टिमको समान ४–४ अंक भए पनि गोल अन्तरका आधारमा इक्वेडर अघिल्लो चरणमा प्रवेश गरेको हो।

क्वार्टरफाइनलमा भेनेजुएलालले क्यानडा तथा इक्वेडरले डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ।