मंगलबार बिहान भएका खेलमा उरुग्वेले अमेरिका र पानामाले बोलेभियालाई पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेका हुन्।
काठमाडौँ– कोपा अमेरिका फुटबलमा उरुग्वे र पानामाले क्वार्टरफाइनलमा स्थान पक्का गरेका छन्। मंगलबार बिहान भएका खेलमा उरुग्वेले अमेरिका र पानामाले बोलेभियालाई पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेका हुन्।
उरुग्वेका स्टार खेलाडी लुइस सुवारेजबिनै मैदानमा उत्रिएको थियो। अमेरिकाविरुद्ध पहिलो हाफ गोलरहित बराबरी खेलेको उरुग्वेले निर्णायक गोल दोस्रो हाफमा गरेको हो। ६६औँ मिनेटमा उरुग्वेका मेथिएस ओलिभेराले गोल गर्दै अग्रता दिलाएका थिए। सोही अग्रता अन्तिम समयसम्म कायमै राख्दै उरुग्वेले समूह चरणमा शतप्रतिशत जितका साथ अन्तिम ८ मा स्थान पक्का गर्न सफल भयो।
उरुग्वेको तीन खेलबाट ९ अंक भएको छ। घरेलु टोली अमेरिका भने कोपाबाट बाहिरिएको छ।
यही समूह सीबाट पानामाले अन्तिम ८ को टिकट पक्का गरेको छ। पानामाले बोलिभियालाई ३–१ गोल अन्तरले पराजित गरेको हो। पानामले २२औँ मिनेटमा जोसे फाजाडोको गोलमा अग्रता लिएको थियो। ६९औँ मिनेटमा बोलिभियाले ब्रुनो मिरान्डाको गोलमा खेल बराबरी गरको थियो।
तर, ७९औँ मिनेटमा एडुवार्डो गुरेरोले गोल गरेपछि पानामाले २–१ को अग्रता बनाएको थियो। दोस्रो हाफको अतिरिक्त पहिलो मिनेटमा सिजर अगुस्ट एनेसले गोल गरेपछि पनामा अन्ततः ३–१ को जित पक्का गर्न सफल भयो। जितसँगै पानामा ६ अंक बनाएर दोस्रो स्थानमा रहेर अन्तिम ८ मा पुग्न सफल भएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
