बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

दिउँसो देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौँ– मनसुनी वायुको प्रभावले देशभर साधारणदेखि पूर्णतया बदली रहेको छ। जसका प्रभावले देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। 

दिउँसो देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका थोरै तथा कर्णालीका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ।

यसैगरी राति, देशभर साधारणदेखि पूर्णतया बदली रहनेछ। देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

बागमती, गण्डकी र सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना छ। बागमती र गण्डकीका एक-दुई स्थानमा धेरै भारी वर्षा हुने महाशाखाको अनुमान छ।