क्वार्टरफाइनलका खेल शुक्रबारदेखि हुनेछन्। पहिलो खेलमा स्पेन र जर्मनी भिड्नेछन्।
काठमाडौँ– युरोकप फुटबलको क्वार्टरफाइनल समीकरण पूरा भएको छ।
मंगलबार राति अन्तिम १६ का दुई खेल सम्पन्न भएसँगै क्वार्टरफाइनल खेल्ने ८ टोलीको टुंगो लागेको हो।
जर्मनीमा जारी प्रतियोगितामा नेदरल्यान्ड्सले रोमानियालाई ३-० र टर्किएले अस्ट्रियालाई २-१ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाए।
यसअघि स्विट्जरल्यान्ड, जर्मनी, इंग्ल्यान्ड, स्पेन, फ्रान्स र पोर्चुगल क्वार्टरफाइनलमा पुगिसकेका छन्।
क्वार्टरफाइनलका खेल शुक्रबारदेखि हुनेछन्। पहिलो खेलमा शुक्रबार स्पेन र जर्मनी भिड्नेछन्। दोस्रो खेल शनिबार पोर्चुगल र फ्रान्सबीच हुनेछ।
त्यस्तै शनिबार नै इंग्ल्यान्ड र स्विट्जरल्यान्ड तथा आइतबार नेदरल्यान्ड्स र टर्किए भिड्नेछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
