क्यानले विश्वकप क्रिकेटमा सहभागिताका दौरान भ्रामक प्रचार गरेको भन्दै केन्द्रीय उपाध्यक्ष रोशनकुमार सिंहसहित चार जनासँग स्पष्टीकरण सोधेको छ।
काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान)ले केन्द्रीय उपाध्यक्ष रोशनकुमार सिंहसहित सदस्य, संघसँग आबद्ध प्रदेश तथा जिल्ला संघका पदाधिकारी गरी चार जनासँग स्पष्टीकरण सोधेको छ। विश्वकप क्रिकेटमा सहभागिताका दौरान संघ र संघका पदाधिकारीलाई लक्षित गरेर संघको निर्णय विपरीत विभिन्न मिडिया तथा सामाजिक सञ्जालमा आधारहीन अन्तर्वार्ता एवं भ्रामक प्रचार गरेको भन्दै उनीहरूसँग क्यानले स्पष्टीकरण माग गरेको हो।
क्यानले केन्द्रीय उपाध्यक्षसहित केन्द्रीय सदस्यद्वय माधवकुमार कर्माचार्य, दुर्गाराज पाठक र सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष चेतनाथ पौडेलसँग स्पष्टीकरण माग गरेको हो। “संघसँग सम्बन्धित व्यक्तिहरूको विवादास्पद अभिव्यक्तिले गर्दा संघप्रति नकारात्मक सन्देश गएको यस संघले महसुस गरेकोले त्यस्ता कार्यमा संलग्न व्यक्तिहरूलाई संघको विधानबमोजिम स्पष्टीकरण सोधी आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय पारित गरियो,” केन्द्रीय कार्यसमिति बैठकको निर्णयमा उल्लेख छ।
संघले छुम्बी लामालाई प्रवक्ता तोकेको छ भने राष्ट्रिय छनोट समिति गठनका लागि संयोजक तथा सदस्यको मापदण्ड तयार गर्न संघका महाप्रबन्धकको संयोजकत्वमा क्रिकेट अप्रेसन म्यानेजर र प्रमुख वित्त अधिकृत सदस्य रहने गरी तीन सदस्यीय समिति गठन गरेको छ। त्यस्तै क्यानले नेपाल प्रिमियर लिग आगामी नोभेम्बर/डिसेम्बरमा आयोजना गर्ने निर्णय गरेको छ। त्यस्तै, बैठकले स्पिनर सन्दीप लामिछानेलाई जुलाई १ देखि डिसेम्बर ३१ सम्म ‘ए’ ग्रेडमा रहने गरी केन्द्रीय सम्झौतामा अनुबन्धन गर्ने निर्णय गरेको छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
