शनिबार सेमिफाइनल प्रवेशका लागि नेदरल्यान्ड्स र टर्कीए तथा इंग्ल्यान्ड र स्विटजरल्यान्डबीच खेल हुनेछ।
काठमाडौँ– फ्रान्स र स्पेन युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन्।
शुक्रबार राति भएको क्वार्टरफाइनलमा फ्रान्सले टाइब्रेकरमा पोर्चुगललाई ५-३ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो। जर्मनीको ह्यामबर्गमा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि पेनाल्टी सुटाउटमा पुगेको थियो।
पेनाल्टीमा पोर्चुगलका जोआओ फेलिक्स चुकेका थिए। अन्य सबैको प्रहार गोलमा परिणत भयो र फ्रान्स विजयी बन्यो।
यसअघि भएको पहिलो क्वार्टरफाइनलमा स्पेनले जर्मनीलाई २-१ ले हराउँदै सेमिफाइनलमा पुग्न सफल भयो। दोस्रो हाफको छैटौँ मिनेटमा ड्यानी ओल्मोको गोलमा स्पेनले अग्रता लिएको थियो।

जर्मनीका फ्लोरिएन वर्ट्जले ८९औँ मिनेटमा बराबरी गोल गरे। अतिरिक्त समयको अन्तिम मिनेटमा मिकेल मेरिनोले गोल गर्दै स्पेनलाई अन्तिम चारमा पुर्याए। अब फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सले खेल्नेछन्।
शनिबार हुने क्वार्टरफाइनलमा नेदरल्यान्ड्स र टर्कीए तथा इंग्ल्यान्ड र स्विटजरल्यान्डबीच खेल हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
