दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहनेछ। सबै प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
काठमाडौँ– देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थान आसपास तथा पश्चिमतर्फ सरदर स्थान उत्तरमा अवस्थित छ।
जसका कारण देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहनेछ। सबै प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै र मधेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक-दुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति कोशी र मधेशका केही तथा बाँकी प्रदेशका धेरै स्थान हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै तथा कोशी प्रदेशको एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनेछ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक-दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना छ।
वर्षासँगै बाढी पहिरोको जोखिम पनि बढेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
