ब्राजिललाई हराउँदै उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरमा लिइएको थियो। टाइब्रेकरमा उरुग्वे ४-२ ले विजयी भयो।

काठमाडौँ– ब्राजिललाई टाइब्रेकरमा हराउँदै उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ। 

आइतबार बिहान भएको क्वार्टरफाइनलमा उरुग्वे ब्राजिलमाथि ४–२ को जित हासिल गर्दै अन्तिम चारमा पुगेको हो। निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेल टाइब्रेकरमा पुगेको थियो। 

टाइब्रेकरमा उरुग्वेका फेडरिक भलभर्डे, रोड्रिगो बेन्टाकुर, जर्जियन डे अराकास्टा र मानुएल उगार्टेले गोल गरे। जोस मारिया जिमिनेसको प्रहार ब्राजिलका गोलकिपर एलिसनले बचाए।

ब्राजिलका आन्द्रेज परेइरा र गाब्रीएल मार्टिनेलीले मात्र गोल गरे। एडर मिलिटाओ र डोगलास लुइसले गोल गर्न सकेनन्। उरुग्वेले अब सेमिफाइनलमा कोलम्बियासँग प्रतिस्पर्धा गर्नेछ। 

त्यसअघि आइतबार बिहान नै भएको अर्को क्वार्टरफाइनलमा पानामालाई ५–० ले हराउँदै अन्तिम चारमा पुगेको थियो। पहिलो हाफमा ३ गोल गरेको कोलम्बियाले दोस्रो हाफमा अरू २ गोल थपेको थियो।