लिग टू : नामिबियासँग खेल्दै नेपाल

आईसीसी विश्वकप डिभिजन लिग टू अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालले शुक्रबार घरेलु टाेली नामिबियासँग खेल्दै छ।

तस्वीर : क्यान

काठमाडौँ– आईसीसी विश्वकप डिभिजन लिग टू अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालले शुक्रबार नामिबियासँग खेल्दै छ।

यस सिरिजमा नामिबियासँगै स्कटल्यान्ड र नेपाल छन्। नेपालले पहिलो खेलमा घरेलु टोलीको सामना गर्न लागेको हो। खेल दिउँसो १ः४५ बजे शुरू हुने छ। जारी लिग टू मा नामिबिया चौथो स्थानमा छ।

नामिबियाले २७ खेलमध्ये १६ मा जित र ११ मा हार बेहोरेको छ। यता, नेपालले भने २० खेलमा ८ जित, ११ हार र १ बराबरी खेलेको छ। नेपाल छैटौँ स्थानमा छ। नेपालले लिग टू मा अब १६ खेल खेल्न बाँकी छ। सन् २०१८ मा पाएको एकदिवसीय मान्यता जोगाउन बाँकी सबै खेल जित्नुपर्ने दबाब नेपाललाई छ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले सन् २०२३ मा आयोजना गर्न लागेको विश्वकपलाई समेत लक्षित गरेर खेलाइएको लिग टू मा ओमान र अमेरिकाले सबै ३६ खेल खेलिसकेका छन्। स्कटल्यान्डले २९ खेल खेल्दा नामिबिया २६, यूएई २६ र पपुवा न्यू गिनीले २८ खेल खेलेका छन्। ओमान ४४ अंकसहित शीर्ष स्थानमा छ। ४२ अंक जोडेको स्कटल्यान्ड दोस्रो स्थानमा छ। अमेरिका ३५ अंकका साथ तेस्रो, ३२ अंक जोडेको नामिबिया चौथौ स्थानमा छ।

२७ अंक साथ युएई पाँचौँ स्थानमा रहँदा १७ अंक जोडेको नेपाल छैटौँ स्थानमा रहेको छ। ५ अंक जोडेको पपुवा न्यू गिनी पुछारमा छ। रोहित पौडेलको कप्तानीमा मैदान उत्रिन लागेको नेपालले नामिबियामा सकेसम्म धेरै खेल जित्ने लक्ष्य बनाएको छ।

नामिबिया प्रस्थान गर्नुअघि नेपालले घरेलु मैदानमा यूएईसँग तीन खेलको सिरिज खेलेको थियो। यस्तै, भारतमा दिल्ली डिस्ट्रिक क्रिकेट एसोसिएसनसँग दुई अभ्यास खेल खेलेको थियो।