देशका धेरैजसो स्थानमा साधारणतया बदली रही कोशी, मधेश, बागमती र गण्डकीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
काठमाडौँ– देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थान आसपास र पश्चिममा सरदर स्थान दक्षिणतर्फ अवस्थित छ।
देशका धेरैजसो स्थानमा साधारणतया बदली रही कोशी, मधेश, बागमती र गण्डकीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र बाँकी भू-भागको केही स्थानमा हल्का वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, मधेश, लुम्बिनी र गण्डकीका केही र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश र गण्डकीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति देशभर साधारणदेखि पूर्णतया बदली रहनेछ। कोशी, मधेश, लुम्बिनी र गण्डकीका एक-दुई स्थानमा भारी वर्षा हुनेछ। साथै कोशी प्रदेशको एक-दुई स्थानमा भने धेरै भारी वर्षाको सम्भावना छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
