काभा यू२० महिला भलिबल: नेपालको पहिलो खेल श्रीलंकासँग

सिंगल राउन्ड रोविनका आधारमा खेलाइने च्याम्पियनसिपमा चार टोलीको सहभागिता छ।

काठमाडौँ–  माल्दिभ्सको मालेमा हुने काभा यू२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले पहिलो खेल श्रीलंकासँग खेल्ने भएको छ। 

सेन्ट्रल एशियन भलिबल एसोसिएसन (काभा) ले मंगलबार सार्वजनिक गरेको खेलतालिका अनुसार नेपाल र श्रीलंकाबीचको खेल १८ जुलाईमा हुनेछ।

यस्तै, नेपालले दोस्रो खेलमा १९ जुलाईमा किर्गिस्तान र तेस्रो खेल २० जुलाईमा माल्दिप्ससँग खेल्नेछ। 

सिंगल राउन्ड रोविनका आधारमा खेलाइने च्याम्पियनसिपमा चार टोलीको सहभागिता छ। नेपाली टोली १६ जुलाईमा माल्दिभ्स प्रस्थान गर्नेछ।