राजधानीमा जताततै खाली सटर (तस्वीरहरू)

राजधानीका न्यूरोड, पुतलीसडक, असनलगायतका क्षेत्रमा अधिकांश सटर खाली देखिएका छन्।

तस्वीरहरू  : मनिष अर्याल / नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– पछिल्लो समय काठमाडौँ उपत्यकाका पुराना र विस्तारित बजारमा सटरहरू खाली हुन थालेका छन्। आर्थिक गतिविधि सुस्ताएर नियमित व्यापार व्यवसाय चल्न छाडेपछि सटर बन्द भएका हुन्।

राजधानीका न्यूरोड, पुतलीसडक, असनलगायतका क्षेत्रमा अधिकांश सटर खाली देखिएका छन्। मुख्य व्यापार क्षेत्रका भवनमाथि अहिले व्यापारिक र अफिसका बोर्ड कम ‘टु-लेट’ (सटर खाली/भाडामा) लेखेका बोर्ड तथा पर्चा देखिन पाइन्छ। धेरै व्यापारिक मल पनि अहिले सुनसान जस्तै छन्।

हेर्नुहोस् तस्वीरहरू: