जर्मनीको म्युनिखमा भएको पहिलो सेमिफाइनलमा फ्रान्समाथि १-२ को पुनरागमन जित हासिल गर्दै स्पेन उपाधिनजिक पुगेको छ।
काठमाडौँ– फ्रान्सलाई हराउँदै स्पेन युरो कपको फाइनलमा पुगेको छ।
मंगलबार राति जर्मनीको म्युनिखमा भएको पहिलो सेमिफाइनलमा फ्रान्समाथि २-१ को पुनरागमन जित हासिल गर्दै स्पेन उपाधिनजिक पुगेको हो।
खेलमा अग्रता भने फ्रान्सले लिएको थियो। नवौँ मिनेटमा मुआनीले हेडरमार्फत गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए।
२१औँ मिनेटमा स्पेनका १६ वर्षीय लामिन यामलले गोल गर्दै खेल बराबरीमा ल्याए। २५औँ मिनेटमा स्पेनले अग्रता लियो। ड्यानी ओल्मोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि खेलमा दुवै टोलीले गोल गर्न सकेनन् र स्पेन १२ वर्षपछि युरो कपको फाइनलमा पुग्न सफल भयो।
दोस्रो सेमिफाइनलमा बुधबार इंग्ल्यान्ड र नेदरल्यान्ड्स भिड्दै छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
