मौसम पूर्वानुमान: यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। 

काठमाडौँ– देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। 

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा आंशिकदेखि साधारण बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ। 

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। 

दिउँसो देशभर साधरणतया बदली रहनेछ। कोशी, मधेश, लुम्बिनी र गण्डकीका केही र बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। कोशी, मधेश, बागमती र गण्डकीमा भारी वर्षा हुनेछ। कोशी र मधेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना छ।

राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही र बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। कोशी, मधेश, बागमती, लुम्बिनी र गण्डकीका एक–दुई स्थानमा भारी वर्षासमेत हुनेछ।