अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

अर्जेन्टिनाको जितमा २२औँ मिनेटमा जुलियन अल्भारेज र ५१औँ मिनेटमा लियोनल मेस्सीले गोल गरे।

काठमाडौँ– साबिक विजेता अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ। 

बुधबार बिहान भएको पहिलो सेमिफाइनलमा क्यानडालाई ०–२ ले पराजित गर्दै अर्जेन्टिना उपाधिनजिक पुगेको हो। 

अर्जेन्टिनाको जितमा २२औँ मिनेटमा जुलियन अल्भारेज र ५१औँ मिनेटमा लियोनल मेस्सीले गोल गरे। अर्जेन्टिनाले अब उपाधिका लागि कोलम्बिया र उरुग्वेबीचको विजेतासँग खेल्नेछ। 

अर्जेन्टिनाले अघिल्लो संस्करणमा ब्राजिललाई हराउँदै उपाधि जितेको थियो। त्यसअघि सन् २०१५ र २०१६ का दुवै संस्करणमा चिलीसँग पराजित हुँदै उपविजेता बनेको थियो।