यस्तो रहनेछ बिहीबारको मौसम

बागमती, गण्डकी, कोशी र लुम्बिनीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

काठमाडौँ– मनसुन न्यूनचापीय रेखा नेपालको पश्चिममा सरदर स्थानको आसपास र दक्षिण सिमाना आसपास रहेको छ।

जसको प्रभावले देशभर साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बागमती, गण्डकी, कोशी र लुम्बिनीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। 

दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रही मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ। 

राति पनि देशभर मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही तथा सुदूरपश्चिम र कर्णालीका एक-दुई स्थानमा भारी वर्षा हुनेछ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका एक-दुई स्थानमा भने अति भारी वर्षा हुने महाशाखाको अनुमान छ।