कोपा अमेरिकाको उपाधिका लागि कोलम्बिया र अर्जेन्टिना भिड्ने

दोस्रो सेमिफाइनलमा कोलम्बियाले उरुग्वेलाई १–० ले हराउँदै फाइनलमा स्थान बनाएको हो। अर्जेन्टिना क्यानडालाई हराउँदै फाइनल पुगिसकेको छ। 

काठमाडौँ– कोपा अमेरिका फुटबलको उपाधिका लागि कोलम्बिया र अर्जेन्टिना भिड्ने भएका छन्। 

बिहीबार बिहान भएको दोस्रो सेमिफाइनलमा कोलम्बियाले उरुग्वेलाई १–० ले हराउँदै फाइनलमा स्थान बनाएको हो। अर्जेन्टिना यसअघि नै क्यानडालाई हराउँदै फाइनल पुगिसकेको छ। 

नर्थ क्यारोलिनास्थित बैंक अफ अमेरिका स्टेडियममा कोलम्बियाको जितमा जेफरसन लेर्माले ३९औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।