यस्तो छ शुक्रबारको मौसम

देशभर साधारणतया बदली रहेको छ। कोशी, मधेश, बागमती र गण्डकीका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

काठमाडौँ– मनसुन न्यूनचापीय रेखा पश्चिममा सरदर स्थान आसपास र पूर्वमा नेपालको दक्षिण सिमाना आसपास रहेको छ।

जसको प्रभावले देशभर साधारणतया बदली रहेको छ। कोशी, मधेश, बागमती र गण्डकीका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका अधिकांश तथा कर्णाली र सुदूरपश्चिमका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। 

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारीदेखि अति भारी  वर्षा हुने महाशाखाले जनाएको छ। 

राती पनि देशभर मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। कोशी, मधेश, बागमती,  गण्डकी र लुम्बिनीका थोरै स्थानमा भने भारी वर्षाको सम्भावना छ।