कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

दिउँसो देशभर साधारणतया बदली रही मेघगर्जनचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

काठमाडौँ– मनसुनी वायुको प्रभावले न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर साधारणतया बदली रही मेघगर्जनचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकीका एक-दुई स्थानमा भने भारी वर्षा हुनेछ।

यसैगरी, राति कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

कोशी, मधेश र  गण्डकीमा राति पनि भारी वर्षा हुने महाशाखाले जनाएको छ।