कोपा अमेरिका: क्यानडालाई टाइब्रेकरमा हराउँदै उरुग्वे तेस्रो

तेस्रो स्थानका लागि भएको खेल निर्धारित ९० मिनेटमा २-२ को बराबरीमा टुंगिएपछि टाइब्रेकरमा पुगेको थियो। 

काठमाडौँ– कोपा अमेरिका फुटबलमा क्यानडालाई हराउँदै उरुग्वेले तेस्रो स्थान हासिल गरेको छ। 

आइतबार बिहान क्यानडामाथि टाइब्रेकरमा ४–३ को जित हासिल गर्दै उरुग्वे तेस्रो भएको हो। नर्थ क्यारोलिनामा भएको निर्धारित ९० मिनेटको खेल २-२ को बराबरीमा टुंगिएपछि टाइब्रेकरमा पुगेको थियो। टाइब्रेकरमा क्यानडाका दुई खेलाडीले गोल गर्न सकेनन्।

उरुग्वे सेमिफाइनलमा कोलम्बियासँग र क्यानडा अर्जेन्टिनासँग पराजित भएको थियो। कोपा अमेरिकाको उपाधिका लागि सोमबार अर्जेन्टिना र कोलम्बिया भिड्दैछन्।