शुक्रबार सम्पन्न खेलमा बागमती प्रदेशलाई ७ विकेटले पराजित गर्दै सुदूरपश्चिम अपराजित रहँदै फाइनलमा पुगेको छ।
काठमाडौँ– सुदूरपश्चिम प्रदेश जारी यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। शुक्रबार सम्पन्न खेलमा बागमती प्रदेशलाई ७ विकेटले पराजित गर्दै सुदूरपश्चिम अपराजित रहँदै फाइनलमा पुगेको हो।
बागमतीले दिएको १२४ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १९.१ ओभरमा ३ विकेट गुमाउँदै १२७ रन बनायो।
सुदूरपश्चिमका कप्तान अनुराग सिंहले अविजित रहँदै २९ रन बनाए। उनले ४४ बलमा ६ चौका प्रहार गरे। मिलन बोहोराले ३२ बलमा ४ चौका र १ छक्कासहित ३३ रन बनाउँदा गजेन्द्र बोहोराले अविजित रहँदै १९ रन बनाए।
यता, ओपनर दीपक बोहोराले १७ रन बनाउँदा उनकै पार्टनर दिपक बोहोराले १० रन बनाए।
बागमतीका रोशन विकले ७ ओभर बलिड गर्दै १ मेडनसहित ३२ रन खर्चिएर २ विकेट लिए। यस्तै, प्रतीक श्रेष्ठको नाममा १ विकेट रह्यो।
त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमतीले २८.४ ओभर खेल्दै सबै विकेट गुमाएर १४५ रन बनाएको थियो।
बागमतीका प्रतीक श्रेष्ठले ५० बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ४४ रन बनाए। रोशन विक २४ बलमा १ चौका र ४ छक्कासहित ३६ रनमा अविजित रहे भने ओपनर सकक्षम बास्ताकोटीले ३३ रन बनाए।
बागमतीका ७ ब्याटर खाता नै नखोली पेभिलियन फर्किएका थिए। सुदूरपश्चिमका आकाश चन्दले ५.४ ओभर बलिङ गर्दै १ मेडनसहित १२ रन खर्चिएर ४ विकेट लिए।
हेमन्त धामीले ५ ओभर बलिङ गर्दै २ मेडनसहित २२ रन खर्चिएर ३ विकेट लिए। नरेन साउदले २ र युवराज खत्रीले १ विकेट लिए।
जितसँगै सुदूरपश्चिमले ६ खेलबाट १२ अंक जोड्यो। पराजित बागमतीले धने ६ खेलबाट ८ अंक मात्रै जोड्न सफल भयो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
