जर्मनीको बर्लिनस्थित ओलम्पिया मैदानमा सोमबार सम्पन्न फाइनल खेलमा इंग्ल्यान्डलाई २–१ गोलले पराजित गर्दै स्पेन च्याम्पियन बनेको हो।
काठमाडाैँ– स्पेन युरोकप २०२४ को च्याम्पियन बनेको छ। जर्मनीको बर्लिनस्थित ओलम्पिया मैदानमा सोमबार सम्पन्न फाइनल खेलमा इंग्ल्यान्डलाई २–१ गोलले पराजित गर्दै स्पेन च्याम्पियन बनेको हो।
दुवै टोलीको पहिलो हाफ गोलरहित बराबरीमा गएको थियो। तर, दोस्रो हाफको दोस्रो मिनेटमै निको विलियम्सले गोल गर्दै स्पेनलाई अग्रता दिलाए थिए। तर, त्यो अग्रता स्पेनले जोगाउन सकेन। ७३औँ मिनेटमा जुड बेलिंघमले दिएको ब्याक पासमा कोल पाल्मरले गोल गर्दै इंग्ल्यान्डलाई बराबरीमा ल्याए।
फेरि स्पेनले ८६औँ मिनेटमा अर्को गोल गर्दै २–१ को अग्रता बनायो। मार्क कुकुरेलाले दिएको पासमा माइकल ओयारजाबलले गोल गर्दै स्पेनलाई २–१ को जित दिलाए।
यो जितसँगै स्पेन चाैथो पटक युरोकपको उपाधि उचाल्न सफल भएको छ। स्पेनले पहिलोपल्ट सन् १९६४ मा युरोकप जितेको थियो।
त्यतिबेला स्पेनले फाइनलमा तत्कालीन सोभियत संघलाई २–१ गोलले हराएको थियो। त्यसपछि स्पेनले सन् २००८ मा दोस्रो पटक युरोकपको उपाधि चुमेको थियो। त्यतिबेला स्पेनले फाइनलमा जर्मनीलाई १–० गोलले पराजित गरेको थियो। त्यसलगत्तै स्पेनले सन् २०१२ मा पनि युरोकपको उपाधि जितेको थियो। त्यतिबेला इटालीलाई ४–० गोलले हराएको थियो।
स्पेन लगातार दुई पटक युरोकपको उपाधि जित्ने एकमात्र राष्ट्र पनि हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
