उनी तीनै प्रकारका कोर्टः ग्रास, क्ले र हार्डमा ग्रान्ड स्लाम ट्रफी जित्ने सबैभन्दा कान्छो खेलाडी पनि हुन्।
काठमाडौँ– स्पेनिस खेलाडी कार्लोल अल्काराजले विम्बल्डन २०२४ को उपाधि जितेका छन्।
लन्डनमा आइतबार राति पुरुष एकलको फाइनलमा सर्बियन स्टार खेलाडी नोभाक जोकोविचलाई पराजित गर्दै अल्काराजले विम्बल्डनको उपाधि हात पारेका हुन्। अघिल्लो संस्करणमा पनि जोकोविचलाई पराजित गर्दै अल्काराजले उपाधि जितेका थिए। २१ वर्षीय अल्काराजको यो चौथो ग्रान्डस्लाम उपाधि रहेको छ।
फाइनल खेलमा अल्काराजले स्टार टेनिस खेलाडी जोकोभिचलाई ६–२, ६–२, ७–६ को सोझो सेटमा हराए। ३६ वर्षीय सर्बियाई स्टारसँग अघिल्लो हारको बदला लिने सुनौलो अवसर थियो।
तर, उनले यो अवसरलाई सदुपयोग गर्न सकेनन् र अल्काराजले ग्रान्डस्लाम उपाधि रक्षा गर्न सफल भए।
अल्काराज र जोकोभिचबीचको खेल २.२७ घण्टा चलेको थियो। खेलको शुरूदेखि नै स्पेनिस खेलाडीको दबदबा थियो। उनले पहिलो दुई सेट जितेका थिए। यसपछि जोकोभिचले तेस्रो सेटमा पुनरागमन गरे पनि खेल जित्न सकेनन्।
फाइनल खेलको तेस्रो सेट निकै रोमाञ्चक रह्यो। जोकोभिचले बलियो पुनरागमन गर्दा अल्काराजले ५–४ को अग्रता लिएका थिए र सेट ६–६ को बराबरी गर्दै टाइब्रेकमा पठाए। तर, फेरि पनि अल्काराजले सेट ७–४ ले जिते। उनले तेस्रो सेट ७–६ ले जितेर उपाधि जिते।
अल्काराजले हालसम्म चार वटा ग्रान्डस्लाम फाइनल खेलेका छन् र सबै फाइनल पनि जितेका छन्। उनी सबै तीन प्रकारका कोर्टः ग्रास, क्ले र हार्ड कोर्टमा ग्रान्ड स्लाम ट्रफी जित्ने सबैभन्दा कान्छो खेलाडी पनि हुन्। उनले आफ्नो पहिलो उपाधि, २०२२ मा यूएस ओपन जितेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
