यस्तो रहनेछ मंगलबारको मौसम

देशभर साधारणतया बदली रही मधेश, बागमती, गण्डकी र कोशीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

काठमाडौँ– देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ।

जसका कारण देशभर साधारणतया बदली रही मधेश, बागमती, गण्डकी र कोशीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। 

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बागमती, गण्डकी र लुम्बिनीका केही तथा मधेश, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। गण्डकीका एक-दुई  स्थानमा भारी  वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। बाग्मती, गण्डकी र सुदूरपश्चिमका एक-दुई  स्थानमा भारी  वर्षाको सम्भावना रहेको छ।