बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना

देशभर आंशिकदेखि साधारणतया बदली रही बागमती, गण्डकी र कर्णालीका थोरै तथा सुदूरपश्चिमका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

काठमाडौँ– देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ।

जसको प्रभावले देशभर आंशिकदेखि साधारणतया बदली रही बागमती, गण्डकी र कर्णालीका थोरै तथा सुदूरपश्चिमका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। बागमती र सुदूरपश्चिमका एक-दुई स्थानमा भने भारी वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, कर्णालीका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बागमती, गण्डकी र कर्णालीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

यसैगरी, राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। कोशी, लुम्बिनी र सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ।