आईसीसीको ‘डिजिटल फ्यान इंगेजमेन्ट अफ दि इयर अवार्ड’ नेपाललाई

आईसीसीले नेपाली क्रिकेटको डिजिटल माध्यम फेसबुकमा ४०० प्रतिशतले वृद्धि भएकोसमेत जनाएको छ। 

तस्वीर : क्यानको फेसबुक पेजबाट

काठमाडौँ– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले प्रदान गरेको ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दि इयर अवार्ड’ नेपालले जितेको छ। 

२१ एसोसियट राष्ट्रहरूलाई पछि पार्दै नेपालले उक्त अवार्ड जितेको नेपाल क्रिकेट संघले जनाएको छ। क्रिकेट खेलको धेरै दर्शक रहेको नेपाल यसअघि एशिया क्षेत्रबाट यो अवार्डका लागि छनोट भएको थियो। आईसीसीले नेपाली क्रिकेटको डिजिटल माध्यम फेसबुकमा ४०० प्रतिशतले वृद्धि भएकोसमेत जनाएको छ।