टी२० आईमा सम्झना खड्काको पहिलो अर्धशतक

एसीसी महिला एशिया कपअन्तर्गत यूएईविरुद्धको खेलमा नेपाली ब्याटर सम्झना खड्काले अर्धशतक पूरा गरेकी छन्।

काठमाडौँ– एसीसी महिला एशिया कपअन्तर्गतको पहिलो खेलमा नेपाली ब्याटर सम्झना खड्काले अर्धशतक पूरा गरेकी छन्। टी२० आईमा सम्झनाको यो पहिलो अर्धशतक हो।

उनले श्रीलंकाको दाम्बुलामा जारी खेलमा संयुक्त अरब इमिरेट्स (युएई)विरुद्ध ३७ बल खेल्दै ८ चौकाको मदतमा ५३ रन बनाइन्। अहिले सम्झनासँगै पूजा महतोले ब्याटिङ सम्हालिरहेका छन्।

नेपालले अहिले यूएईले दिएको ११६ रनको लक्ष्य पछ्याइरहेको छ। जारी खेलमा नेपालले ४ विकेटको क्षतिमा ९५ रन जोडेको छ।