कोशी, बागमती, गण्डकी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौँ– देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ।

जसको प्रभावले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही तथा मधेशको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

यसैगरी, राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमका एक-दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।