गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौँ– देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।

जसका कारण बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही तथा मधेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यसैगरी, राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ।

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। गण्डकीका एक-दुई  स्थानमा भने भारी वर्षा हुने महाशाखाको अनुमान छ।