काभा यू२० महिला भलिबल: सेमिफाइनलमा नेपाल किर्गिस्तानसँग पराजित

मालेमा सोमबार राति भएको खेलमा किर्गिस्तानसँग नेपाल ३–० को सोझो सेटमा पराजित भएको हो। नेपालले तेस्रो स्थानका लागि मालदिभ्सको सामना गर्नेछ।

फाइल तस्वीर: नेपाल भलिब एसोसिएसन।

काठमाडौँ– काभा यू२० महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल किर्गिस्तानसँग पराजित भएको छ। 

मालदिभ्सको मालेमा सोमबार राति भएको खेलमा किर्गिस्तानसँग नेपाल ३–० को सोझो सेटमा पराजित भएको हो। नेपालले पहिलो सेट १४–२५, दोस्रो सेट २२–२५ र तेस्रो सेट १३–२५ ले गुमायो।

लिग चरणबाट किर्गिस्तान दोस्रो र नेपाल तेस्रो स्थानमा रहेर सेमिफाइनल पुगेका थिए। लिग चरणमा पनि नेपाल किर्गिस्तानसँग ३–० कै सोझो सेटमा पराजित भएको थियो। अब नेपालले तेस्रो स्थानका लागि मालदिभ्सको सामना गर्नेछ। फाइनलमा भने किर्गिस्तान र श्रीलंका भिड्नेछन्।

पहिलो सेमिफाइनल खेलमा श्रीलंका मालदिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको थियो।