एशिया कप : समूह चरणबाटै बाहिरियो नेपाल

एसीसी महिला एशिया कपअन्तर्गत समूह ‘ए’को अन्तिम खेलमा नेपाल भारतसँग ८२ रनले पराजित भएको छ।

काठमाडौँ– एसीसी महिला एशिया कप क्रिकेटअन्तर्गत समूह ‘ए’को अन्तिम खेलमा नेपाल भारतसँग पराजित भएको छ।

मंगलबार भारतसँग पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ।

नेपालले पहिलो खेलमा यूएईलाई ६ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा भने नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो।

मंगलबार श्रीलंकाको डम्बुलामा भारतले दिएको १७९ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९६ रन मात्रै बनाउन सक्यो। नेपाल भारतसँग ८२ रनको फराकिलो अन्तरले पराजित भएको हो।

नेपालका लागि सीना रानामगर, कप्तान इन्दु बर्मा, रुविना क्षेत्री, बिन्दु रावलबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालका लागि सीताले बनाएको १८ रन नै सर्वाधिक ठूलो स्कोर रह्यो। बिन्दुले १७, रविनाले १५ र इन्दुले १४ रन बनाइन्।

बलिङतर्फ भारतका दिप्ती शर्माले ३ अरुनधति रेड्डी र राधा यादवले समान २/२ तथा रेनुका सिंहले १ विकेट लिए।

यसअघि टस जितेर पहिला फिल्डिङ रोजेको भारतले निर्धारित २० ओभर खेल्दै ३ विकेट गुमाएर १७८ रन बनायो।

भारतका लागि सिफाली बर्माले अर्धशतकीय इनिङ्स खेलिन्। उनले ४८ बलमा १२ चौका र १ छक्काको मद्दतमा ८१ रन बनाइन्। त्यस्तै, दयालन हेमलताले ४२ बलमा ४७ रन बनाइन्। जमिमाहले २८ रन जोडिन् भने सन्जिवन सजनाले १० रन बनाइन्।

नेपालका लागि सीता राना मगरले २ र कविता जोशीले १ विकेट लिइन्।