दैनिक एक हजार ५०० जनाले विद्युतीय राहदानीका लागि आवेदन दिनसक्ने राहदानी विभागले जनाएको छ।
काठमाडौँ– राहदानी विभागले विद्युतीय राहदानी सेवा सहज बनाउन एक महिनाका लागि अग्रिम अनलाइन आवेदन खोलेको छ।
दैनिक तोकिएको समयमा मात्र आवेदन खोल्दा सर्भरमा चाप भएर समस्या भएको भन्दै विभागले अगाडिनै फारम भर्ने व्यवस्था गरेको हो। विभागका अनुसार अब सेवाग्राहीले आफूले चाहेको समयमा आवेदन दिन सक्नेछन्। दिनमा एक हजार ५०० जनाले आवेदन दिनसक्ने विभागको सूचनामा उल्लेख छ।
“प्रत्येक दिन एक महिनापछिको थप एक दिनका लागि आवेदन फारम क्रमशः खोल्दै जाने। अनलाइन फारम सकिन लागेको देखिए पुन: एक महिनाका लागि फारम खोल्ने र यस व्यवस्थालाई निरन्तरता दिने। अब सेवाग्राहीले चाहेको समयमा आवेदन दिन सक्नेछन्”, विभागको सूचनामा भनिएको छ।
अग्रिम बुकिङका लागि सर्भर खुला रहेकाले राति १० बजेसम्म अनलाइनबाट विद्युतीय राहदानीको फाराम भर्न सकिने छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
