फिन्चले ७६ खेलमा अस्ट्रेलियाको कप्तानी गरेका छन्। अन्तर्राष्ट्रिय क्रिकेटमा कप्तानका रूपमा उनले सबैभन्दा धेरै खेल खेलेका छन्।
काठमाडौँ– अस्ट्रेलियाका टी–२० कप्तान आरोन फिन्चले मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। फिन्चले गत वर्ष एक दिवसीय क्रिकेटबाट सन्यास लिएका थिए।
अहिले टी–२० बाट पनि सन्यास लिएका हुन्। फिन्चले सन् २०२१ मा दुबईमा आयोजित टी–२० विश्वकपमा अस्ट्रेलियालाई उपाधि दिलाएका थिए। फिन्चले सन् २०११ मा अस्ट्रेलियाका लागि इङ्ल्यान्डविरुद्धको एक दिवसीय खेलबाट डेब्यु गरेका थिए।
उनले कुल १४६ एक दिवसीय खेलमा पाँच हजार ४०६ रन बनाएका छन्। फिन्च अस्ट्रेलियाका लागि टी–२० मा सर्वाधिक रन बनाउने खेलाडी पनि हुन्। सन् २०१३ मा टी–२० कप्तानी पाएका फिन्चले ७६ खेलमा अस्ट्रेलियाको कप्तानी गरे। उनले अन्तर्राष्ट्रिय क्रिकेटमा कप्तानका रूपमा सबैभन्दा धेरै खेल खेलेका छन्। फिन्च अस्ट्रेलियाका लागि तीन हजार १२० रनसहित टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडी पनि हुन्।
फिन्चको ब्याटले अन्तर्राष्ट्रिय करियरमा १९ शतक बनाएको छ। आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल ३१ अक्टोबर २०२२ मा आयरल्यान्डविरुद्ध खेलेका थिए। जसमा उनले ६३ रन बनाए। फिन्चले बिग ब्यास लिग (बीबीएल)मा मेलबर्न रेनेगेड्सबाट खेल्ने छन्। कप्तानका रूपमा फिन्चका लागि सन् २०२२ राम्रो रहेन। आयोजक अस्ट्रेलिया टी–२० विश्वकपको नकआउट चरणमा पुग्न असफल रह्यो। जसका कारण उनको कप्तानी पनि विवादमा परेको थियो।
“२०२४ को टी–२० विश्वकप म खेल्न सक्दिनँ जस्तो लाग्छ। त्यसैले अहिले सन्यास लिने उपयुक्त समय हो। अर्को टी–२० विश्वकपका लागि टिम निर्माण र नयाँ कप्तान तोक्न व्यवस्थापनलाई समय दिनुपर्छ। १२ वर्ष कप्तान हुनु र विश्वका उत्कृष्ट खेलाडीहरूसँग खेल्नु राम्रो थियो,” उनले भनेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
