हिमपात तथा वर्षा नहुँदा वनस्पतिलाई चाहिने चिसोपन हट्नुका साथै वन्यजन्तुलाई खानेपानीको समस्या हुन थालेकाे डिभिजन वन रसुवाका प्रमुख अनिल रेग्मीले बताएका छन्।
रसुवा– रसुवाको हिमाली क्षेत्रमा हिमपात र दक्षिणी भेगमा वर्षा नहुँदा हिउँदे खाद्यान्नबाली प्रभावित भएको छ। असोजयता पानी तथा हिउँ पर्न नसक्दा गहुँ तथा करूजस्ता हिउँदे बालीको बोट सुकेर भुईँमा विलीन हुन थालेका छन् ।
उच्च हिमाली पाखामा चार–पाँच फिटसम्म हिउँले छोप्ने गर्दथ्यो। यस वर्ष अहिलेसम्म गोसाईंकुण्डलगायत स्थानमा हिमपात नभएको किसानले जनाएका छन्। जिल्लामा नौ हजार हेक्टरभन्दा बढी हिमशृङ्खलाका पहाड छन्। डिभिजन वन प्रमुख अनिल रेग्मीले हिमपात तथा वर्षा नहुँदा वनस्पतिलाई चाहिने चिसोपन हट्नुका साथै वन्यजन्तुलाई खानेपानीको समस्या पर्ने सम्भावना बढेको बताए।
हिउँदे वर्षाको कमीले खोल्सा सुक्न थालेपछि हिमाली वन्यजन्तुका लागि पानीको व्यवस्थापन गर्न लाङटाङ राष्ट्रिय निकुञ्जसंग मिलेर जंगलकाे बीचमा पोखरी बनाउने कार्यक्रम अगाडि बढाएको उनको भनाइ छ। २०४९ सालमा नौ दिनसम्म हिउँ परेको र हिउँ त्रिशूली नदी नजिकै पुगेको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ बताउँछन्। “ठाडेबाट धुन्चेसम्म नौ किलोमिटर सडक हिमपातले अवरुद्ध हुँदा खाद्यान्न संकट भएको थियो। नेपाली सेनाले हिउँको डल्ला फुटाली यातायात सञ्चालनमा ल्याएका थिए,” उनी भन्छन्, “अहिले त डाँडामा पनि हिउँ देखिन छाड्यो।”
२०६३ सालमा पनि हिमपातले ठाडे–बोकेझुण्ड सडक हिउँले पाँच दिनसम्म बन्द भएको उनले सुनाए। समुद्र सतहबाट एक हजार ७०० मिटर क्षेत्रसम्म पर्ने हिउँ अहिले हिमरेखामाथि सर्दै गएको र लाङटाङको चुचुरोसमेत कालो देखिँदै गएको स्थानीय बताउँछन्। गोसाईंकुण्डभन्दा माथिका डाँडामा समेत हिउँ नभएको अल्टिच्युट एयरका वरिष्ठ चालक विवेक खड्काले बताए।
गत वर्ष जस्तो यस वर्ष गोसाईंकुण्ड दहमा पानी नजमेको उनको भनाइ छ। हेलिकोप्टरबाट स्नानका लागि फाट्टफुट्ट भक्तजन सो स्थानमा गइरहेकाे उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
