पहाडी भेगमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मौसम बदली हुने छ।

काठमाडौँ– हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।  

पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मौसम बदली हुने छ।

पहाडी भूभागमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षा हुने महाशाखाले जनाएको छ। राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली हुने छ।  

गण्डकी प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ।

हावाहुरी र चट्याङसहित वर्षा हुने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।