उदयपुरको रौतामाई–८ पाखाटोल स्थित रामबहादुर मगरको घरमा आगो लाग्दा उनका २ वर्षीय छोरा रोजन र ६ वर्षीया छोरी जस्मिनको मृत्यु भएको छ।
उदयपुर– उदयपुरको रौतामाई गाउँपालिका–८ पाखाटोलमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको छ।
स्थानीय रामबहादुर मगरको घरमा आगो लाग्दा उनका २ वर्षीय छोरा रोजन र ६ वर्षीया छोरी जस्मिनको मृत्यु भएको हो।
शुक्रबार बेलुका घरमा अभिभावक कोही नभएको समयमा आगलागी भएको वडाध्यक्ष घमानसिंह थापाले बताए। “दुई जना बच्चालाई घरमा छाडेर बाबुआमा काममा गएर रहेछन्। सोही बेला अचानक घरमा आगो लागेर घटना भएछ,” उनले भने।
विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने वडाध्यक्ष थापाले बताए। आगलागीबाट घर पनि पूर्ण रूपमा जलेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
