सिन्धुलीमा बस दुर्घटना, ५ जनाको मृत्यु

ओखलढुंगाबाट काठमाडौँ आइरहेको बस सिन्धुलीमा दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ।

तस्वीर : उज्वल पहाडीको फेसबुक।

काठमाडौँ– ओखलढुंगाबाट काठमाडौँ आइरहेकाे बस सिन्धुलीमा दुर्घटना भएको छ।

मध्यपहाडी राजमार्गअन्तर्गत फिक्कल गाउँपालिका–४ कुहिभीरमा बिहान १० बजे भएको दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

मृत्यु हुनेमा २ पुरुष, २ महिला र १ जना बच्चा छन्। दुर्घटनामा २० जनाभन्दा बढी घाइते भएको प्रहरीको भनाइ छ। सडकको भित्तामा ठोक्किएर बस दुर्घटना भएको प्रारम्भिक अनुमान छ।

दुर्घटना भएको बस भित्तामा च्यापिएर रहेकाले उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।