भारतीय लगानीका र भारतीय कम्पनीले जिम्मेवारी लिएर लामो समय काम नगरी अलपत्र पारेका ६-७ वटा ठेक्का तोड्ने विषयमा आइतबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भारतीय पक्षसँग छलफल गरेका छन्।
काठमाडौँ- भारतीय निर्माण कम्पनीले लामो समयसम्म अलपत्र पारेका योजना तोड्ने विषयमा सरकारले भारतीय पक्षसँग छलफल गरेको छ। समस्याग्रस्त छ–सात ठेक्का तोड्ने विषयमा छलफल भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ।
भारतीय लगानीका र भारतीय कम्पनीले जिम्मेवारी लिएर लामो समय काम नगरी अलपत्र पारेका ठेक्काका विषयमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवबीच छलफल भएको हो। उनीहरूबीच लामो समयदेखि अलपत्र योजना तोड्ने विषयमा छलफल भएको मन्त्रालयका सचिव केशव शर्माले जानकारी दिए।
सचिव शर्माका अनुसार बथनाहा–विराटनगर रेल सञ्चालन र रक्सौल–काठमाडौँ रेलमार्ग निर्माण विषयमा पनि कुराकानी भएको थियो।
भारतीय एक्जिम बैंकको लगानीमा विभिन्न योजना निर्माणाधीन छन्। ती योजना भारतीय निर्माण कम्पनीले लामो समयदेखि निर्माण सम्पन्न गरेका छैनन्। दाङको लमही–घोराही सडकखण्डको जिम्मा भारतीय कम्पनीले लिएको थियो। सडक निर्माण अलपत्र परेपछि ठेक्का तोड्ने मनसायमा नेपाल र भारत दुवै पक्ष पुगेका छन्।
मन्त्री ज्वाला र राजदूत श्रीवास्तवबीच रक्सौल–काठमाडौँ रेल सेवा निर्माणका विषयमा पनि कुराकानी भएको छ। सो रेलमार्गलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ।
भेटमा नेपाल–भारत सीमामा रहेका रेलमार्गका विषयमा पनि कुराकानी भएको छ। बथनाह–विराटनगर, न्यू जलपाइगुडी–काँकडभिट्टा, जोगबनी–विराटनगर, जयनगर–जनकपुर, नौतनवा–भैरहवा, रुपैडिया–नेपालगञ्ज क्रस बोर्डर रेल सेवाका विषयमा पनि कुराकानी भएको सचिव शर्माले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
