कुशलले नेपालका तर्फबाट ओडीआईमा सर्वाधिक छिटो शतक प्रहार गर्ने खेलाडीको किर्तिमानसमेत बनाएका छन्। यसअघि रोहितकुमार पौडेलले सन् २०२२ मा पपुवा न्यू गिनीविरुद्ध ९१ बलमा शतक प्रहार गरेका थिए।
काठमाडौँ– एसीसी प्रिमियर लिगअन्तर्गत ओमानविरुद्धको खेलमा कुशल मल्लले शतक प्रहार गरेका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा कुशलले ५९ बलमा शतक पूरा गरेका हुन्। उनले ५९ बलमा ९ चौका र ९ छक्का प्रहार गरे। उनी कुशल ६४ बलमा १०८ रन बनाएर आउट भए।
यस्तै कुशलले नेपालका तर्फबाट ओडीआईमा सर्वाधिक छिटो शतक प्रहार गर्ने खेलाडीको किर्तिमानसमेत बनाएका छन्।
यसअघि रोहितकुमार पौडेलले सन् २०२२ मा पपुवा न्यू गिनीविरुद्ध ९१ बलमा शतक प्रहार गर्दै कीर्तिमान कायम गरेका थिए।
उनको यो ओडीआईमा पहिलो शतक हो। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपाल र ओमान दुवै राष्ट्र एकदिवसीय मान्यता प्राप्त देश भएका कारण यो खेललाई ओडीआई मान्यता दिएको छ।
ओडीआईमा शतक प्रहार गर्ने उनी छैटौँ खेलाडी हुन्। यसअघि पूर्वकप्तान पारस खड्का, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र आशिफ शेखले शतक प्रहार गरेका छन्।
कुशलले सन् २०२० फ्रेबुअरी ८ मा कीर्तिपुरमै अमेरिकाविरुद्धको खेलमार्फत् राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए। उक्त डेब्यू खेलमा उनले ५१ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ५० रन बनाएका थिए।
त्यसयता उनले नेपाली टोलीबाट २१ ओडीआई खेल खेलिसकेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
