ताप्लेजुङमा चट्याङ लागेर वृद्धको मृत्यु

शुक्रबार बेलुका परेको चट्याङ लागेर सिदिङ्वा गाउँपालिका–६ मेहेलेका श्रीप्रसाद कडरियाको मृत्यु भएको छ।

काठमाडौँ– ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा चट्याङ लागेर वृद्धको मृत्यु भएको छ।

शुक्रबार बेलुका परेको चट्याङ लागेर श्रीप्रसाद कडरियाको मृत्यु भएको स्थानीय विवेक बानियाँले जानकारी दिए। घरमै बसिरहेका उनलाई चट्याङ लागेको थियो।

कडरिया साबिक मेहेले गाविस– ८ का तत्कालीन वडाध्यक्ष हुन्।  गत बुधबार ताप्लेजुङकै मैवाखोला गाउँपालिका–४ चित्रेमा चट्याङ लागेर बालकको मृत्यु भएको थियो।

उनका बाबुआमा गम्भीर घाइते भएका थिए। उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।