डब्लूएचओका प्रमुख गेब्रिएससले कोरोना महामारी अन्त्यको घोषणा गरिए पनि खतरा नटरेको बताएका छन्। अवस्था बिग्रिए जुनसुकै समयमा पुनः आपत्काल घोषणा गरिने उनी बताउँछन्।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले विश्वव्यापी रूपमा कोरोना भाइरस (कोभिड–१९)को महामारीको स्वास्थ्य आपत्काल अन्त्य भएको घोषणा गरेको छ। कोभिड–१९ को विश्वव्यापी महामारी घोषणा गरेको तीन वर्षपछि डब्लूएचओले महामारी अन्त्यको औपचारिक घोषणा गरेको हो।
कोभिडको भाइरस संक्रमणका कारण हुने मृत्युदर सन् २०२१ को तुलनामा हाल घटेको अधिकारीहरूले जनाएका छन्। सन् २०२१ को जनवरीमा सातामा १ लाख रहेको मृत्युदर गत अप्रिल २४ सम्ममा साताको ३५ सयमा झरेको बताइएको छ।
डब्लूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रिएससले महामारीका कारण हालसम्म करिब ७० लाख मानिसले ज्यान गुमाएको बताए। यद्यपि, संक्रमणका कारण मृत्यु हुनेको वास्तविक संख्या भने झन्डै २ करोड हुनसक्ने बताएको बीबीसीले जनाएको छ। यो संख्या औपचारिक रूपमा सार्वजनिक गरिएको संख्याको करिब तेब्बर हो।
महामारी अन्त्यको घोषणा भए पनि खतरा भने नटरेको बताएका छन्। उनले अवस्था बिग्रिए जुनसुकै समयमा पनि आपत्काल घोषणा हुने उल्लेख गरेका छन्।
“हिजो मलाई आकस्मिक कमिटीले १५ औँ पटक भेट्यो र अन्तर्राष्ट्रिय स्तरमा चासो रहेको जनस्वास्थ्य आपत्काल अन्त्यको घोषणा गर्न सुझायो। मैले सुझाव स्विकारेँ,” उनले भने, “त्यसैले मैले यसलाई नयाँ आशाका रूपमा लिएको छु। यो निर्णय हामीले समय र तथ्यांकलाई राम्ररी केलाएर नै लिएका हौँ। तर ठूलो चिन्ताको विषयबाट हट्यो भन्नुको अर्थ यसको खतरा टर्यो भन्ने होइन। अवस्था थप बिग्रिएमा फेरि आपत्काल घोषणा गर्नुपर्ने हुनसक्छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
