मोरङको राठी म्यानुफ्याक्चरिङ उद्योगमा आगलागी

बिजुलीको बल्ब  र स्विच बनाउँदै आएको उद्योगमा शुक्रबार बिहान २ बजेदेखि आगलागी शुरू भएको हो। आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ। 

काठमाडौँ– मोरङको बूढीगंगास्थित राठी म्यानुफ्याक्चरिङ उद्योगमा आगलागी भइरहेको छ।

बिजुलीको बल्ब  र स्विच बनाउँदै आएको उद्योगमा शुक्रबार बिहान २ बजेदेखि आगलागी शुरू भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।

बिहान १० बजेसम्म आगो नियन्त्रणमा आएको छैन। आगलागीबाट उद्योगको भौतिक संरचना पूर्ण रूपमा जलेर नष्ट भइसकेको र त्यहाँ रहेका सामाहरू जलिरहेको डीएसपी दाहालले बताए।

आगो नियन्त्रणका लागि १२ वटा दमकलसहित नेपाल र सशस्त्र प्रहरी तथा नेपाली सेना परिचालन गरिएको छ। स्थानीय तथा उद्योगका मजदुरले पनि आगो नियन्त्रणमा मद्दत गरिरहेको उनले बताए।

विद्युत् सर्ट भएर आगलागी शुरू भएको हुनसक्ने प्रहरीले जनाएको छ।